कांग्रेस सहमहामन्त्रीमा मो. फिरदोष आलम निर्वाचित
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्। आलम ३ हजार ३४७ मतसहित सहमहामन्त्री निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत ल्याए भने अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५५७ मत ल्याएका छन्। सहमहामन्त्री जितेका फिरदोष प्रतिनिधि सभा सांसद पनि हुन्। गत फागुनमा भएको निर्वाचनमा उनी रौतहट २ बाट निर्वाचित भएका थिए।
प्रकाशित मिति : October 15, 2026 at 2:04 pm






