२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने गरिएको छ ।

प्रकाशित मिति : October 15, 2026 at 12:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/