उपकार लघुवित्तको कायमुकायम सीईओमा विमल खनाल नियुक्त
२९ असोज, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त भएका छन् । संस्थाको असोज २८ गते बसेको ११४ औं बैठकले सहायक महाप्रबन्धक विमल खनाललाई कात्तिक २ गते देखि लागु हुनेगरि अर्को व्यवस्था नभएसम्म लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : October 15, 2026 at 11:50 am







