२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कतिमा भयो बेनी हाइड्रोपावरको पहिलो कारोबार ?

२९ असोज, काठमाडौं । बिहीबार स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर असोज २७ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असोज २८ गते, बुधबारको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर, सो सेसनमा म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा कम्पनीको पहिलो कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता सो दिन नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : October 15, 2026 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/