सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
२९ असोज, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। सेयर खरिद गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा कम्पनीले कात्तिक ९ गतेदेखि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५८ रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन फारामका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ। फाराम सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल–१, काठमाडौंस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदनसँगै खरिद गर्न चाहेको शेयरको सम्पूर्ण रकम तथा लाग्ने शुल्कसमेत जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ। सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकताका आधारमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : October 15, 2026 at 10:44 am






