सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
२९ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका संस्थापक सेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। बैंकले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा वा प्राप्त आवेदनबाट सबै सेयर खरिद नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
प्रकाशित मिति : October 15, 2026 at 10:09 am







