२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लाभांश पारित गर्दै कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न

२७ असोज, काठमाडौं ।  कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा बुधबार काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरण पारित गरेको छ।त्यस्तै, साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहित २.१०५३ प्रतिशत नगद लाभांशसमेत अनुमोदन गरेको छ।

 बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। हाल बैंकले देशभर २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ।बैंकले आगामी दिनमा आफ्ना ग्राहकलाई अझ सरल, सुलभ, आधुनिक र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : October 14, 2026 at 3:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/