२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

निरन्तर पाँचौ कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२७ असोज, काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ।  बुधबार १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक १३.२१ प्रतिशत बढेको छ। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक ६.३२ प्रतिशत घटेको छ। यस दिन कुमारी बैंकको सर्वाधिक काराेबार भएकाे छ। यस दिन सो बैंकको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढको छ।

प्रकाशित मिति : October 14, 2026 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/