२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपालबाट भारत जाँदा जहाजमा पावर बैंक राख्न नपाइने

२७ असोज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् । नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूका लागि निश्चित मोडलको पावर बैंक ल्याउन तथा लैजान प्रतिबन्ध लगाएको हो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलर अनुसार (MOBIKING MK-PB-04) मोडलको पावर बैंक लैजान रोक लगाइएको हो । अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

प्रकाशित मिति : October 14, 2026 at 1:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/