२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए १७ अर्ब ८१ करोड नाफा

२८ असोज, काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् ।

वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२/०८३ को सोहि अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन र भदौ महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

याे अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले २ महिनाको अवधिमा १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.८३ प्रतिशतले बढी हो ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेकाे छ । याे अवधिमा बैंकले १ अर्ब ६९ करोड नाफा कमाएकाे छ । त्यस्तै, याे अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड, प्राइम बैंकले १ अर्ब १४ करोड र  राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड नाफा कमाएका छन् ।

नाफा सर्वाधिक वृद्धि गर्नेमा हिमालयन बैंक र सानिमा बैंक अघि रहेका छन् । याे अवधिमा सानिमा बैंकको नाफा ४२.१५ प्रतिशतले बढेर १ अर्ब २ करोड र हिमालयन बैंकको नाफा ५५.१३ प्रतिशतले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

दुई महिनामा एनएमबि बैंकको नाफा १ अर्ब ३ करोड, कुमारी बैंकको १ अर्ब १ करोड, एभरेष्ट बैंकको ९८ करोड, लक्ष्मी सनराइज बैंकको ८९ करोड, सिद्धार्थ बैंकको ८४ करोड, प्रभु बैंकको ७४ करोड, नेपाल बैंकको ७३ करोड, कृषि विकास बै.कको ५५ करोड, माछापुच्छ्रे बैंकको ५२ करोड, एनआईसी एशियाको ४९ करोड र स्टान्डर्ड चार्टर्ड बैंककाे ४७ करोड रुपैयाँ रहेको छ । साउन र भदौ महिनामा सबैभन्दा कम नाफा कमाउनेमा सिटिजन्स बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । दुई महिनामा सिटिजन्स बैंकको नाफा ४७ करोड र नेपाल एसबिआई बैंकको ४१ करोड रहेको छ ।

प्रकाशित मिति : October 14, 2026 at 1:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/