मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ ‘होल्ड’
२८ असोज, काठमाडौं । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ । बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएका थिए ।

सांसदहरूले खरेलमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ होल्ड भएको हो। सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेको हो। संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको छ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रश्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गरेका थिए।
प्रकाशित मिति : October 14, 2026 at 12:13 pm






