प्रि ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से
२८ असोज, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.२१ अंकले बढेर २२६०७.१४ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ५७ कम्पनीकाे ८५ पटकको कारोबारमा १२ लाख ५२ हजार ५३९ रुपैयाँ ८० पैसाबराबरको ३ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 14, 2026 at 11:13 am







