अर्थमन्त्री वाग्ले आज थाइल्याण्ड जाँदै
२७ असोज, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी ब्याङकक प्रस्थान गर्न लागेका हुन्।
उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठकमा र छलफलमा सहभागिता जनाउने छन्।

बैठकमा सहभागी हुन अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जाने छन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।
प्रकाशित मिति : October 13, 2026 at 11:35 am







