२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

माउन्टेन इनर्जीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२७ असोज, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 साथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २० गते साधारण सभा गर्ने निर्णय पनि गरेको छ। आम्रपालि ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुने कम्पनीको १३ औँ वार्षिक साधारण सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : October 13, 2026 at 10:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/