२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२७ असोज, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार ७०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्न लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएसँगै बैंकले सेयर बिक्रीमा राखेकाे हाे ।

 बैंकका अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयरसम्बन्धी विवरण खुलाएर बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्नेछ।

 साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै लिखित जानकारी प्राप्त नभएमा सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : October 13, 2026 at 9:37 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/