दशैंका लागि नबिल बैंकले बाँड्दै नयाँ नोट, यी शाखाबाट पाइन्छ
२६ असोज, काठमाडौं । नबिल बैंकले यस वर्षको दशैंको अवसरमा सर्वसाधारणका लागि साना दरका नयाँ तथा सुकिला नोट सटही एवं वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सबै वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्था अनुसार नबिल बैंकले पनि आफ्ना निश्चित शाखाहरू तोकेर सटही प्रक्रिया अघि बढाएको हो।
बैंकले जारी गरेकाे सूचना अनुसार सर्वसाधारणले असोज २७ गतेदेखि २९ गतेसम्म सम्म नयाँ नोट सटही गर्न सक्नेछन् । यसका लागि बैंकले तोकिएका दिनहरूमा बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्मको समय निर्धारण गरेको छ।

नबिल बैंकको हकमा यो सुविधा काठमाडौं उपत्यकाका सीमित शाखाहरूबाट मात्र उपलब्ध हुनेछ । जसअन्तर्गत काठमाडौं जिल्लाका कान्तिपथ शाखा, बल्खु शाखा र वनस्थली शाखा तथा ललितपुर जिल्लाको च्यासल शाखा र भक्तपुर जिल्लाको दुवाकोट शाखाबाट मात्र नोट वितरण गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । बैंकले तोकिएका शाखाबाट निर्धारित मिति र समयमा सेवा लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति : October 12, 2026 at 5:51 pm







