२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

भगवती कम्पोजिटको १० प्रतिशत बोनस सेयर पारित

२६ असोज, काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको सोमबार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले बोनस सेयर वितरणसँगै जारी पुँजी बढाउने र त्यसपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको हो।

चितवनको भरतपुर–७, कृष्णपुरस्थित होटल पौवामा सम्पन्न सभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत सभाले पारित गरेको कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएका छन्।

कम्पनीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियामकीय स्वीकृतिपछि प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने जनाएको छ। भगवती कम्पोजिट इण्डष्ट्रिजले डब्लुपिसी ढोका, फ्रेम, वाल प्यानल तथा फाइबरजन्य सामग्री उत्पादन गर्दै आएको छ।

प्रकाशित मिति : October 12, 2026 at 4:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/