२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

४१ जना बीमा अभिकर्ता प्राधिकरणको कारबाहीमा

२६ असोज, काठमाडौं । नेपाल बीमा प्राधिकरणले परिक्षार्थी ४१ जना बीमा अभिकर्ता परिक्षार्थीलाई कारबाही गरेको छ। प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा परीक्षार्थीले  बीमा ऐन विरुद्ध काम गरेको भन्दै कारबाही गरेको हो । प्राधिकरणले ती परीक्षार्थीको परीक्षा रद्द गर्दै तीन महिनासम्मको लागि अभिकर्ता परीक्षाको लागि आवेदन दिन र परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ ।

परीक्षामा परीक्षार्थीहरूले अनलाइन प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिँदै गरेको तथा परीक्षामा अनियमितता गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समूहले पत्ता लगाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्णयानुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरी उपदफा (६) बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : October 12, 2026 at 4:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/