२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

एमालेले मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

२६ असाेज, काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंसिर २ र ३ गते गर्ने भएको छ ।

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराएका हुन् ।

 

यसअघि स्थायी कमिटी बैठकले कार्यकर्ता भेला मंसिर पहिलो साता गर्ने निर्णय गरेको भएपनि मिति तय थिएन । कार्यकर्ता भेलालगत्तै एमालेले वडा र पालिका अधिवेशन गर्ने भएको छ ।

प्रकाशित मिति : October 12, 2026 at 4:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/