२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

नेप्सेमा वृद्धि जारी, कारोबार रकम भने घट्यो

२६ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.०० अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको छ।  नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३५४ कम्पनीकाे ४९ हजार ८०९ पटकको कारोबारमा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड २७ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको सेयरमूल्य यस दिन १६४ रुपैयाँ १० पैसा बढेर १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। रिज लाइन इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।

यस दिन कुमारी बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन २५ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 12, 2026 at 4:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/