२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

दसैँ बिदामा पनि विशेष अदालत खुल्ने, पक्राउ पुर्जी र म्याद थपको काम हुने

२६ असाेज, काठमाडौं । विशेष अदालतले सार्वजनिक बिदाका दिन पनि सीमित समयका लागि अदालत खुला राख्ने भएको छ। अदालतले विजयादशमीको अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नियमित कामकाज बन्द रहने भए पनि पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र म्याद थपसम्बन्धी कामका लागि अदालत खुला रहने जनाएको छ।

विशेष अदालतले जारी गरेको सूचनाअनुसार २०८३ साल असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म अदालतको नियमित कामकाज बन्द रहनेछ।

तर, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ बमोजिम पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र म्याद थपसम्बन्धी कार्य गर्न घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ।

अदालतले उक्त अवधिमा आवश्यक न्यायिक कार्य सञ्चालन हुने जानकारी दिँदै सम्बन्धित सबैलाई सोहीअनुसार जानकारी राख्न अनुरोध गरेको छ।

प्रकाशित मिति : October 12, 2026 at 12:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/