प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से
२६ असोज, काठमाडौँ । साताको पहिलो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.३१ अंकले बढेर २५९५.१२ विन्दुमा पुगेको छ।सोमबार प्रि ओपन सेसनमा ८० कम्पनीकाे २०२ पटकको कारोबारमा ६ करोड ३३ लाख ८८ हजार ९९३ रुपैयाँ २० पैसाबराबरको २२ हजार ३४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 12, 2026 at 10:56 am





