प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
२६ असोज, काठमाडौँ । विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि प्रस्तावित चार जनाविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ सुरू भएको छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल सुरू गरेको हो ।

भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जीवी थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबराविरुद्ध उजुरी परेको थियो ।
प्रकाशित मिति : October 12, 2026 at 11:15 am





