२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

गुण्डा लगाएर प्रधानाध्यापक कुटाउने पत्रकार घिमिरे पक्राउ

२६ असोज, काठमाडाैँ । प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ३६ वर्षीय निशान दाहाल र कपनका ध्रुव प्रसाद घिमिरे रहेका छन् । सामाजिक अभियन्ता बताउने घिमिरे परिवर्तनखबर नामको न्यूज पोर्टल समेत सञ्चालन गर्छन । उनी नेकपा एमालेका नेता समेत हुन ।

काठमाडौंको बूढानीलकण्ठस्थित बाल उद्धार माध्यामिक विद्यालयको प्रांगणमा प्रधानाध्यापक विनोद पाण्डितमाथि कुटपिट भएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट टोली परिचालन भएको थियो । उक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई अपशब्द बोल्ने, धाकधम्की दिने गरेका थिए । उनै दाहालले घिमिरेको निर्देशनमा कुटपिट गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

घटनामा संलग्न दाहाल र घिमिरे दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ (चार) दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

पण्डित घाइते अस्वथामा ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन । अस्पतालमा रहेका पण्डितले विद्यालय व्यवस्थापन समितिको सदस्य बन्न घिमिरेले छोरीलाइ नियम विपरित भर्ना गराउन खोजेको तर उनको दाबब नमानेपछि गुण्डा लगाएर कुटपिट गरेको बताए । घिमिरे सोही विद्यालयका व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुन । उनी फेरि अध्यक्ष हुनका लागि सदस्य बन्न चाहन्थे । त्यसका लागि अभिभाव हुनुपर्ने अनिवार्य शर्तका कारण उनले छोरी भर्नाका लागि ल्याएका थिए । तर नमानेपछि गुण्डा लगएर कुटपिट गरेको पण्डितको भनाइ छ ।

प्रकाशित मिति : October 12, 2026 at 6:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/