कांग्रेस उपसभापति खुलातर्फ चन्द्र भण्डारीको फराकिलो अग्रता
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले फराकिलो अग्रता कायम राखेका छन्। हालसम्म गणना भएको ३ हजार ४३५ मत गणना हुँदा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। खुला उपसभापति पदमा अर्का उम्मेदवार मधु आचार्यले एक हजार ९० मत प्राप्त गरेका छन् ।

भण्डारी आचार्यभन्दा ५९६ मतले अगाडि छन्। त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराईले ९४१ मत पाएका छन्। त्यस्तैगरी, धनराज गुरूङले ७१९, दीपक गिरीले ४९७ र प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्। खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुनेछन्। हालसम्मको मतगणनामा भण्डारी पहिलो र आचार्य दोस्रो स्थानमा छन्।
प्रकाशित मिति : October 11, 2026 at 4:50 pm





