रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२५ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोड्यो । नेपालले जितका लागि क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रनको योगदान दिए । सो क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे । बलिङतर्फ क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए । यस्तै, जाहिद सिर्जादले दुई विकेट लिए ।
प्रकाशित मिति : October 11, 2026 at 3:08 pm





