बेत्रावतीको एक्रो ब्रिज सञ्चालनमा, अब रसुवा जान सहज
२५ असोज, काठमाडौँ । भदौ १० को त्रिशुलीको बाढीले बेत्रावती बजारसँगै पुल समेत बगाएपछि सम्पर्कबिहीन बनेको रसुवा सडक सञ्जालमा सहज रूपमा जोडिएको छ । आइतबार डेढ महिनापछि बेत्रावतीमा एक्रो ब्रिज जडान भएर सवारी सञ्चालन खुला गरिएको छ । अब यो सँगै रसुवा जान र आउन सहज भएको छ । नेपाली सेनाको टोलीले एक्रो ब्रिज जडान गरेको हो ।
पुल सञ्जालन अघि रसुवाको उत्तरगया गाउँपालिका प्रमुख माधव अर्याल र विदुर नगरपालिकाको प्रमुख राजनलाल श्रेष्ठ लगायतको उपस्थितिमा सामान्य कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित मिति : October 11, 2026 at 12:30 pm





