बेत्रावती स्थित फलाकु खोलामा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा
२५ असोज, काठमाडौं । रसुवाको बेत्रावतीस्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेलीब्रिज नेपाली सेनाले आज आइतबार एक कार्यक्रम गरी उद्घाटन गरेको हो ।

रसुवाको भोटेकोसी नदी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायात यो पुल सञ्चालनमा आएसँगै सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : October 11, 2026 at 12:12 pm





