६ जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता रहन प्राधिकरणको अनुरोध
२५ असोज, काठमाडौं । बूढीगण्डकीमा भीषण बाढी आएका कारण ६ जिल्लाका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै बूढीगण्डकीमा बाढीपछि आरूघाट स्टेसनमा जलसतह खतराको तह भन्दा धेरै बढी भएको र तल्लो तटीय क्षेत्रसम्म सतर्क रहन अनुरोध गरेको हो।

प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध गरेको छ।
प्रकाशित मिति : October 11, 2026 at 10:20 am





