२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बुढीगण्डकी नदीमा भीषण बाढी

२५ असोज, काठमाडौँ । बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ । लेदोसहितको ठूलो बाढी आइरहेको गोरखा धार्चे १ बाट शान्ति घलेले बताएकी छिन । चुमनुब्री  भन्दा माथिबाट बाढी आएको अनुमान गरिएको छ । पानी परेको छैन । तर त्रिशुलीकै शैलीमा भीषण बाढी आइरहेको उनले बताएकी छिन ।

प्रहरीले पनि नदी तटका बासिन्दालाइ सुरक्षित रहन सूचना जारी गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटले सूचना जारी गरेर सावधानी अपनाउन अनुरोध गरेको छ । उग्युलुङ र स्यार खोलामा बाढी आएको अनुमान गरिएको छ । ती दुबै खोला बुढीगण्डकीमा मिसिएर अघि बढ्छन । बाढीको प्रकृति हेर्दा कतै ठूलो पहिरो गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : October 11, 2026 at 6:36 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/