२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

कमलबहादुर विष्ट स्मृति पुरस्कार पत्रकार निराजन पौडेललाई प्रदान

२४ असोज, काठमाडौँ । यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार पत्रकार निराजन पौडेललाई प्रदान गरिएको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिञ्चाइ मन्त्री राजु विष्ट र संरक्षक मिश्रीमैँया विष्टले शनिबार नगदसहित पुरस्कार हस्तान्तरण गरे ।

आफ्नो मन्तव्य राख्ने क्रममा कमलका छोरा समेत रहेका मन्त्री विष्टले साहित्यमा रुचि भएका कमलबहादुर विष्ट समाज र राष्ट्रमा योगदान दिनका लागि केही न केही गर्नुपर्छ भन्ने व्यक्तित्व रहेको उल्लेख गरे ।

पिताकै स्वभावबाट प्रेरित भएर समाज सेवामा सक्रिय विष्टले आफू सांसद हुँदादेखि नै शीलादेवी आधारभूत विद्यालयको एक शिक्षिकालाई आफ्नो तलबबाट मासिक तलब प्रदान गर्दै विद्यालय भवन निर्माण र स्कुल बस खरिदमा समेत सहयोग पुर्याएको उनले बताए ।

पुरस्कार २०७८ सालबाट प्रत्येक वर्ष प्रदान गरिदै आएको छ । १५ हजार नगद सहितको पुरस्कार विष्टको पुण्यतिथिका अवसरमा साहित्य कला, पत्रकारिता तथा समाजसेवामा लागेका व्यक्तित्वलाई प्रदान गरिँदै आएको अध्यक्ष डा गायत्री विष्टले बताइन ।

पुरस्कार छनोट समितिका संयोजक डा विनोद मन्जन पुरस्कार यसअघि सांस्कृतिविद् प्रकाशमान श्रेष्ठ, सञ्चारकर्मी पवनलाल श्रेष्ठ, वरिष्ठ पत्रकार जीवराम भण्डारी, सङ्गीतकर्मी रवीनदास श्रेष्ठ, फोटो पत्रकार कविता थापा सो पुरस्कारबाट सम्मानित भैसकेको जानकारी दिँदै यस वर्ष पत्रकार पौडेललाई प्रदान गरिएको उल्लेख गरे ।

पुरस्कृत व्यक्तित्व पौडेलले राष्ट्रसेवक, साहित्यकार, समाजसेवी व्यक्तित्व कमलबहादुर विष्टका स्मृतिमा परिवारले गरेको कार्यबाट आफू उत्साहित भएको बताए ।

प्रकाशित मिति : October 10, 2026 at 8:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/