नुवाकोटका दुईसहित ४ जना अवैध लागूऔषधसहित काठमाडौंबाट पक्राउ
२३ असोज, काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्वकर्मा, नुवाकोट तादी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका-८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : October 9, 2026 at 12:39 pm






