एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले लिइन् शपथ
२२ असोज, काठमाडौं । पूर्वराष्ट्रपतिसमेत रहेकी विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति : October 8, 2026 at 2:20 pm






