२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

कांग्रेसको निर्वाचन १ बजेसम्मका लागि सारियो

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकाले दिउँसो एक बजेका लागि सारिएको जानकारी दिए ।

यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारण देखाउँदा १० बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अहिले फेरी दिउँसो एक बजेसम्मका लागि सारिएको हो । महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

प्रकाशित मिति : October 8, 2026 at 9:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/