२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

कांग्रेस सभापति पदबाट किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

२१ असोज, काठमाडौं । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।

सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए। उनले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापा र श्यामकृष्ण खड्गीमात्रै उम्मेदवार बाँकी रहेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।

प्रकाशित मिति : October 7, 2026 at 3:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/