२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

कांग्रेस महाधिवेशनः उम्मेदवारको दाबी-विरोधको समय २ बजेसम्म थप

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन फिर्ता, सच्याउने तथा दाबी विरोधका लागि तोकिएको समय अवधि बढाइएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि तोकिएको समयलाई विस्तार गरी आजै दिउँसो २:०० बजेसम्म पुर्याइएको जानकारी दिएको छ।

प्रकाशित नामावलीमा उम्मेदवारी मनोनयन फिर्ता लिन, नामावली सच्याउन निवेदन दिन वा नाम छुट्न गएको भए सोको दाबी गर्नका लागि दिउँसो २:०० बजेभित्र सम्पर्क गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सूचित गरिएको छ।

प्रकाशित मिति : October 7, 2026 at 12:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/