२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

युरोप क्लस्टरबाट केन्द्रीय सदस्यमा पूर्णबहादुर हमालको उम्मेदवारी

२० असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्लस्टरबाट केन्द्रीय सदस्य पदमा पूर्णबहादुर हमालले उम्मेदवारी दिएका छन । हमाल प्रवासमा नेपाली समुदायको आर्थिक, सामाजिक र संगठनात्मक हितका लागि निरन्तर सक्रिय नेतृत्वका रूपमा परिचित छन्।

व्यवसायलाई व्यक्तिगत समृद्धिको माध्यममा मात्र सीमित नराखी सयौँ नेपालीलाई रोजगारीको अवसर दिएका हमालले प्रवासमा नेपालीको श्रम, सीप, उद्यमशीलता र आत्मसम्मानलाई स्थापित गर्न भूमिका खेलेका छन ।

सन् २००६ मा एनआरएन पोर्चुगलको संस्थापक अध्यक्ष, त्यसपछि एनआरएनको केन्द्रीय सल्लाहकार तथा सम्मानित परिषद् सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका हमालले प्रवासी नेपालीका साझा समस्या, सम्भावना र अधिकारका विषयलाई नजिकबाट बुझेको बताएका छन ।

प्रकाशित मिति : October 6, 2026 at 10:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/