कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी दर्ता
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले उम्मेदवार दिएका छन् । १५औँ महाधिवेशनअन्तर्गत पौडेलले मंगलबार राष्ट्रिय सभागृह पुगेर खुलातर्फ महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन्।

पौडेल गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट महामन्त्रीमा सर्वसम्मत चयन भएका थिए। यसअघि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडेका पौडेल पराजित भएका थिए ।
प्रकाशित मिति : October 6, 2026 at 3:08 pm






