कांग्रेस महाधिवेशनः मनोनयन दर्ता साँझ ६ बजेसम्म
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय दुई घण्टा बढाएर साँझ ६ बजेसम्म कायम गरेको जनाएको छ।


प्रकाशित मिति : October 6, 2026 at 2:27 pm






