कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार शर्माले खुलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
प्रकाशित मिति : October 6, 2026 at 2:20 pm






