मीनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

उनी मोरङबाट महाधिवेशन प्रतिनिधि भएका थिए। १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। रिजाल २०७८ सालमा भएको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए।
प्रकाशित मिति : October 6, 2026 at 11:41 am






