प्रि ओपन सेसनमा साढे ७ अंकले घट्यो नेप्से
२० असोज, काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.५६ अंकले घटेर २५५९.२० विन्दुमा झरेको छ। मंगलबार प्रि ओपन सेसनमा ६९ कम्पनीकाे १०० पटकको कारोबारमा २७ लाख १९ हजार ६६९ रुपैयाँबराबरको ६ हजार २९३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 6, 2026 at 11:04 am






