अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री विराजभक्तलाई
१९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको समेत कार्यवाहक जिम्मेवारी पाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल वैदेशिक भ्रमणका क्रममा मुलुकबाहिर रहेकाले प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेको ऊर्जा मन्त्रीको सचिवलालयले जानकारी दिएको छ ।

अर्थमन्त्री डा. वाग्ले विश्व बैंकका अध्यक्षको औपचारिक निमन्त्रणामा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । यस्तै, परराष्ट्रमन्त्री खनाल फिजीमा आयोजना भइरहेको ’प्रि–कोप लिडर्स इभेन्ट’मा नेपालको तर्फबाट सहभागी भएका छन् ।
प्रकाशित मिति : October 5, 2026 at 4:51 pm






