भाटभटेनीमा दसैं किनमेल गर्दा २ नयाँ टाटा पञ्च ईभी जित्ने अवसर
१९ असोज, काठमाडौं । नेपालीहरूको प्रमुख चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले सामानसँगै नयाँ टाटा पञ्च ईभी जित्ने अवसरसमेत पाउने भएका छन्।
नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा ल्याइएको योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ। योजना अवधिको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पञ्च ईभी उपहार प्रदान गरिने भाटभटेनीले जनाएको छ।

त्यसैगरी, भाटभटेनीबाट सामान खरिद गरी नेपाल पेबाट क्यूआरमार्फत भुक्तानी गर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटा पञ्च ईभी जित्न सक्ने व्यवस्था गरिएको छ। यसरी चाडपर्वको अवधिमा ग्राहकले कुल दुईवटा नयाँ टाटा पञ्च ईभी जित्ने अवसर पाउनेछन्।
नयाँ टाटा पञ्च ईभी मुख्य आकर्षण
चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा रहेको नयाँ टाटा पञ्च ईभी नेपाली बजारलाई लक्षित गर्दै आधुनिक प्रविधि, सुरक्षा, आराम र सुविधा समेटेर तयार गरिएको कम्पनीले जनाएको छ। ‘एक्टिभ’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार एकपटकको फुल चार्जमा यसले सडक तथा परीक्षणका आधारमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ।
नयाँ मोडलमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार बीएनसीएपी सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ किलोवाट फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, डिजिटल ककपिट र भेन्टिलेटेड सिटलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सको नेपालमा रहेको २० वटा शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरबाट पनि टाटा कारबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार दसैंको समयमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थप सरप्राइजसमेत पाउनेछन्।
प्रकाशित मिति : October 5, 2026 at 3:54 pm






