गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको छ। खुलामञ्चमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।

प्रतिवेदन अब आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। प्रतिवेदनमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ।
प्रकाशित मिति : October 5, 2026 at 12:55 pm






