बाँस्कोटाको व्यंग्यः बालेनले गगनलाई नयाँ दल भनेर नहेपेको भए हुने
१९ असोज, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई नयाँ दल भनेर गरेको व्यंग्यप्रति कटाक्ष गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालनेका कारणले संसद् खुला नभएको टिप्पणी गरेका थिए।

थापाको उक्त अभिव्यक्तिपछि बालेनले फेसबुकमा लेखे, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्।
उनले लेखेका छन्, ‘एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन बिछोडका रमाइला आवाज गुन्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’
प्रकाशित मिति : October 5, 2026 at 12:04 pm






