१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

महिलाको गोप्य अंग छुने सिएमए थापा करणी मुद्दामा पक्राउ

१९ असोज, बाँके । बाँकेको कोहलपुरमा उपचारका लागि पुगेकी एक महिलाको गोप्य अंग छोएको तथा सामाजिक सञ्जालमा त्यससम्बन्धी भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्य उपचारका लागि पुगेकी बिरामीको गोप्य अंग छोएको/चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो। घटनाबारे पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीले कोहलपुर–११ का इलाज गर्न इजाजत प्राप्त नभएका व्यक्ति तथा थापा पोलिक्लिनिकका सञ्चालकसमेत रहेका ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार थापाले नेपाल मेडिकल काउन्सिलको आचारसंहिता विपरित सीएमए प्रमाणपत्र मात्र प्राप्त गरी उपचारमा संलग्न भएको विषयसमेत अनुसन्धानको दायरामा आएको छ।

पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनासम्बन्धी थप तथ्य तथा पक्राउ परेका अर्का व्यक्तिको भूमिकाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : October 5, 2026 at 8:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/