१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे बेहोस् भएर ढल्छ : सभापति लामिछाने

१८ असोज,काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । नेपाल कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ-ढल्छ भन्ने मान्छे नै बेहोस् भएर ढल्ने टिप्पणी गरेका हुन्।

‘सरकार अहिले ढल्छ भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ कि भनेको सुन्छु’, लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ । सरकार विल्कुल ढल्दैन । पाँचै वर्ष चल्छ ।’

उनले यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नको लागि सरकार चुनेको बताए। उनले इतिहासलाई साक्षी राखेर सरकार गठन गरेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने कुरामा चिन्ता नगर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : October 4, 2026 at 5:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/