१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

१७ अर्ब रूपैयाँ चिनियाँ लगानीमा धादिङको ताल्तीमा सिमेन्ट उद्योग खुल्दै

१८ फागुन, धादिङ । धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो ।

बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महाराले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग गरेको ‘वान वेल्ट वान रोड’ सम्झौताअनुरुप नै यो ठुलो उद्योग सञ्चालनमा आउन लागेको बताए ।

चीनस्थित हुआसिन जगबहल सिमेन्टका उपाध्यक्ष सु जाङ हुले चीनले नेपाललाई थुप्रै प्रोजेक्टमा सहयोग गरेको र यस सिमेन्ट प्रोजेक्टले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने जनाए । १७ अर्ब रूपैयाँ चिनियाँ लगानीमा सिमेन्ट कारखाना खुल्न लागेको बताइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ०९:५९