१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

हिजो विरोध गरे गोली आउँथ्यो, आज सामाजिक सञ्जालः राजेन्द्र लिङ्देन

१८ असोज, काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन लिङ्देनले पाँच वर्षअघि आफूले राखेका धारणामा अहिले पनि खासै परिवर्तन नभएको बताए।

‘आम जनतामा नेताप्रति र राजनीतिप्रति वितृष्णा र घृणा थियो। त्यसमा सुधार भएको छैन,’ उनले भने, ‘यो बीचमा केही परिवर्तन भयो। मान्छेमा परिवर्तन भयो तर अहिले पनि देशको स्थिति जहाँको त्यहीँ छ। देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेको छ । देश ठीक ठाउँमा नआएको मात्र होइन, लिकबाट बाहिर गएको छ । हिजो सरकारको विरोध गर्दा गाली आउँथ्यो भने आज सामाजिक सञ्जाल लगाइन्छ । पात्र फेरियो प्रवृत्ति फेरिएन ।’

विगतमा कसैले विरोध गरे गोली प्रहार हुने र अहिले कसैको विरोधमा सामाजिक सञ्जालबाट प्रहार हुने गरेको बताए । ‘देश लिकबाट बाहिर गएको अवस्था थियो। हिजो विरोध गर्यो भने गोली आउँथ्यो। आज गलत कुरा कसैले औँल्यायो भने सामाजिक सञ्जाल प्रयोग हुन्छ, लिङ्देनले भने।’

उनले चुनावपछि ६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने स्पष्ट पारेको बताए ।  ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ उनले भने, ‘संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।’

 

प्रकाशित मिति : October 4, 2026 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/